घलेलमा जारी ल्होछार उत्सवमा डिडी नृत्य प्रशिक्षण केन्द्र विजयी

पाेखरा | पुस १९, २०८१

घलेलमा जारी ल्होछार उत्सवमा डिडी नृत्य प्रशिक्षण केन्द्र विजयी

पोखरा:  तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव जारी छ ।

 

बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवमा सामुहिक नृत्यतर्फ डिडी नृत्य प्रशिक्षण केन्द्र बगर विजयी बनेको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए ।

 

उनका अनुसार पूर्णीमा साँस्कृतिक कला केन्द्र उपविजयी बन्यो ।  

यस्तै महिला भलिबलतर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरेको क्लबका सचिव अमृत गुरुङले जानकारी दिए । 

 

उनका अनुसार प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा प्रवश गरिसकेको छ ।

 

यस्तै पुरुष भलिबलतर्फ आज भएको खेलमा हर्ष राइडर छोम्रोङलाई कालीमाटीले २-१ को सेटमा पराजित गर्यो ।

 

अर्को खेलमा टुसे निलोले खादरजुङलाई २-१ को सेटमा हरायो ।

 

तेस्रो खेलमा किम्चेले ल्वाङलाई २-१ को सेटमा हराउँदै अघिल्लो चरणमा किम्चे प्रवेश गर्यो ।

 

चैथों खेलमा विन्ध्यश्वरी ठाँटीलाई नयाँपुल साँखुले २-१ को सोझो सेटमा हरायो ।

 

अर्को खेलमा लान्द्रुकले टुसे रातोलाई २-१ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो ।
 

यसैगरी आज भएको अन्तिम खेलमा लुम्रेले भदौरेलाई २-१ को सेटमा हरायो ।

 

शनिबार पनि पुरुषतर्फको खेल नै संचालन हुने आयोजकले जनाएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्